जन आकाश
काठमाडौं। नेपाली राजदूतावासको ‘चान्सरी’बिहीवार औपचारिक उद्घाटन भएको छ । पोर्चुगलको राजधानी लिस्वनमा राजदूतावासको कार्यालय १० महिना अघि ९१६ अप्रिल २०२५० मा स्थापना भएर सेवा दिँदै आएकोमा बिहीवार ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर औपचारिक उद्घाटन भएको हो ।
नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला तथा सहयोग राज्य सचिव डा।आनाइसाबेल जेभियरले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन पछिको औपचारिक कार्यक्रममा बोल्दै परराष्ट्र सचिव राईले राजदूतावासको औपचारिक समुद्घाटनले दुई देशबीचको मित्रता र सहकार्य संस्थागत भएको बताए ।
कार्यक्रममा पोुर्चगलका राज्य सचिव जेभियरले नेपालीको राजदूतावासलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले दुई देश बीचको भावी कूटनीतिक प्रयासहरूमा समेत पोर्चुगल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा पोर्चुगलको कूटनीतिक कोर्प्सका डीन एन्ड्रेस कार्रास्कोसा कोसो, पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, पोर्चुगलको विदेश मन्त्रालयका महासचिव राजदूत फ्रान्सिस्को रिबेरो टेलेस लगायत कूटनीतिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
नेपाली समुदायसँग अन्तरक्रिया राजदूतावास कार्यालय उद्घाटनपछि नेपाली समुदायका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले नेपाली समुदायका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend