जन आकाश
मोहन कार्की ।
रामेछाप/ गुम्देल । रामेछाप जिल्लाको गुम्देल ल्हाछेवरका करिब ५० वर्षका काजी कार्की यहि चैत २ गते बिहान ७:४५ मा चौरी गाईका लागि घाँस काट्न जाने क्रममा गुम्देलको ल्हाछेवर क्षेत्रमा निर्माणाधीन नुप्छे लिखु ५७.५ मेगावाट जलविद्युत आयोजनाले प्रयोगका लागि ल्याएको ३३ KVA प्रसारण हाइटेन्शन लाइनको करेटले १०० मिटर तल पुग्नेगरी फालेको र काजि कार्कीको टाउको ढुङागामा बजारिएर सिकिस्त घाइते भइ सोहि दिन नै उदार गरेर स्थानीयले काठमाडौ पठाएको र अहिले काठमाडौस्थित kmc हस्पिटलमा उपचार भइरहेको गुम्देलका स्थानीय घटनाको प्रत्यक्षदर्सी कर्मा पुण्डु सेर्पाले जानकारी दिएका छन् ।
उक्त क्षेत्रमा जलविद्युत निर्माण कम्पनीले अव्यवस्थित र असुरक्षित अवस्थामा मापदण्ड पुरा नगरी बनाएको हाइटेशन लाइनका कारण यस्ता मानवीय जोखिम बढीरहेको सेर्पाको भनाइ छ।
अहिले घाइते कार्कीको अवस्था निकै चिन्ताजनक छ। सामान्य काममा निस्किएको एक व्यक्तिलाई यस्तो जोखिममा पार्नु अत्यन्तै दुःखद र अस्वीकार्य हो।
यस घटनाले एउटा परिवारमाथि ठूलो बज्रपात परेको छ। काजी कार्कीका साना नानीबाबुहरू रहेका छन्, र परिवारको आर्थिक अवस्था पनि अत्यन्त कमजोर रहेको स्थानीयको भनाइ छ।

अव्यवस्थित रुपमा रहेको हाइटेनशन लाइन जाहावाट करेन्ट लागेर काजि कार्की घाइते भएको ठाउँ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend