logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

अमेरिकाको तेलमा आखाँ, खाडी मुलुक आगोमा परिणत


  • जन आकाश
  • शुक्रबार, चैत्र ६ २०८२

अमेरिका र इजरालले मिलेर इरानमा आक्रमण गरी इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनी लगायत उच्च पदस्थ व्याक्तिहरुलाई मारिदिएपछि ईरानद्धारा आफ्नौ सर्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि आईपरेको आक्रमणको प्रतिउत्तरमा ईरानले पनि इजराल र अमेरिकाको सेना बसेका देशहरु बराइन, साउदी, दुवै, कतार, कुवेतमा भारी बम वर्षा गरिरहेको छ । भने अमेरिकी सेना र इजरालले ईरानमाथि ठुल ठुला बमहरु प्रहार गरेर मानिसहरु मारिरहेको छ ।



इरानले पनि प्रत्यक्रण गर्दा थुप्रै इजराली सेना तथा इजराली जनता मरेका छन् । मध्य पूर्वी एसिया क्षेत्रमा बमले आकाशमा आगोको राको बलिरहेको छ । त्यो आगोको लप्काले खाडी मुलुकमा रहेका मानिसहरु आतंकित छन् । हजारौ बलमे उडाएर काहा पु¥याईसकेको छ । भने हजारौ हजार भग्नावषेश भित्र पुरिएका छन् । कुनै लेखा जोखा छैन ।

यो सवै हुनुको अगाडी प्रष्ट देखिने गरी अमेरिकाले इरानको तेलमा आखाँ लगाएको देखिन्छ । दोस्रो विश्वयुद्ध पछि अमेरिकाले त्यतिवेला नै इरानको तेलमा अमेरिकन कम्पनी स्थापना गरेर तेलको ब्यापार गर्न चाहान्थ्यो । तर इरानले अमेरिकाको प्रस्ताव त्यतिवेल देखि अस्वीकार गर्दै आएको थियो ।

इरानका छिमेकी राष्ट्रहरुमा पनि तेल भएको हुनाले अमेरिकाले ति देशहरुमा अमेरिकन सैनिक वेस क्याम्प नै स्थापना गरेर तेलको सुरक्षा र विश्व बजारमा आफनो आयाआर्जन गर्दै आएको देखिन्छ । विश्वको तेल उत्पादन गर्ने देशहरु मध्य इरान पनि तेल प्रशस्त भएको देश भएको हुनाले तेल बेचेर नै धनी राष्ट्रको रुपमा र पछिल्लो बाध्यकारी परिस्थितिले युद्धको लागि शक्ति निर्माण गरेको देखिन्छ ।

इरानलाई अमेरिका र इजराल मिलेर आक्रमण गर्दा एक्लै इरानले लडिरहेको छ । इरान माथिको आक्रमण जसले जे सुकै भनेपनि अमेरिका र इजरालले तेलमा लगाएको आखाँको कारण मध्यपूर्वी एसियाको आकाशमा आगो र खाडी मुलुका रगत बगेको छ ।

एसियाली देशहरुले यस घटनावाट पाठ सिक्नुपर्छ । अमेरिकाले एसियामा द्धाद्ध मच्चाएर हत्तियारको व्यापार गर्न चाहान्छ । अमेरिकाको आफ्नो देशमा केही नहोस भन्नका लागि डिफेन्स बेस क्यामहरु राखेर खाडी मुलुकमा बम बर्षा भएको छ । खाडी मुलुकका राष्ट्रहरुले आउदा दिनमा अमेरिकासँग भएका सैनिक सम्झौताहरु भंग गरेर आफ्नो देशलाई सुरक्षित बनाउन लाग्नुपर्ने देखिन्छ । त्यसो गर्न नसक्ने देशहरुलाई भोलीका दिनमा पनि यस्तै युद्धको समस्याले सताउन सक्छ ।

अमेरिकाले पनि आफ्नो अन्तराष्ट्रि नीति दोस्रो विश्वयुद्धको जस्तो तरिका काम लाग्दैन रहेछ । आजको युग हत्तियारको बलमा होइन मानवहरु मन जितेर मात्र उत्कृष्ट हुन सकिन्छ भन्ने बुझ्नुपर्छ र नयाँ अन्तराष्ट्रिय अमेरिकन नीति अबलम्बन गरेर विश्वका देशहरुलाई साथमा लिन सक्ने वातावरण बनाउन सक्नुपर्छ । अहिलेको आक्रमण नीतिले अमेरिका अभो लाग्ने देखिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend