जन आकाश
आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाइरहेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौं महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउने गर्छन् ।
आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।
काठमाडौंको घण्टाघरमा रहेको कास्मिरी मस्जिदमा पनि आज ठूलो संख्यामा मुस्लिम धर्मालम्बीहरू नमाज पढ्न सहभागी भएका थिए । बिहान जामे मस्जिद घन्टाघरमा पनि विशेष नमाज पाठ गरिएको छ । नमाज पाठपछि ठूलाबडाकहाँ आशीर्वाद लिने प्रलचन छ ।
खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिए ।
यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । काठमाडौको घण्टाघरमा रहेको जामेद मज्जिद अगाडी माग्नेहरुको भीड पनि उल्लेख मात्रमा देख्न सकिन्छ । धनी मुुस्लिम समुुदायले माग्ने गरिव समुुुदायलाई पैशाहरु बाडिरहेको देखिन्छ । मागेर पाएको पैशाले माग्नेहरु पनि खुुशी भई नजिकै रहेका पसलहरुमा मिठा मिठा खानेकुराहरु किनेर खाइरहेका छन् । वरिपरिका खानेकुुरा बेच्ने पसलले पनि राम्रै व्यापार गरिरहेका छन् । कुनैवेलाको रातोघर भनेर चिनिने क्षेत्रमा यतिवेला मुुस्लिम समुुदायहरुको उल्लेखिय मात्रमा भीडभाड देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend