logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

नेपालमा नयाँ सरकार, बिध्वसमा विश्व


  • जन आकाश
  • बुधबार, चैत्र ११ २०८२

मोहन कार्की ।  
नेपालमा यतिवेला प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनवाट सवैभन्दा बढी मत रास्वपाले ल्याएको छ । २७५ सीटको लागि भएको प्रतिस्पर्धामा झण्डै दुईतिहाई अर्थात १८२ रास्वपाले विजयी  हाशिल गरेको छ । सरकार बनाउन स्पष्ट बहमत पाएको रास्वपाले यहि १३ गते सदन हलमा प्रवेश गर्नेगरी तयारी गरेको छ । त्यसको लागि साईत समेत जुराई सकेको छ ।
चैत्र १३ गते नै वा सदनमा सपथ ग्रहण पछि रास्वपाले निर्वाचन पहिला नै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अर्थमन्त्री स्वर्णिम वाग्ले घोषणा गरिसकेका व्याक्तिहरु हुनेछन् भने गृहमा डोल प्रसाद अ¥याल (डिपी) हुन सक्ने आकलन गरिएको छ । क्रमश  अन्य मन्त्रालयहरुमा को काहावाट छन् भन्ने एकिन भईसकेको छैन । त्यसका लागि पार्टी सभापति  रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको आन्तारिक तयारीमा जुटेका छन् । नेपालमा जेन्जी विद्रोहवाट स्थापित सरकारले निर्वाचन गराउन सफल भएको छ । जनताले नयाँ म्याण्टेड दिएका छन् । नयाँ सरकारवाट आम नागरिकले आशा पनि गरेका छन् ।
मध्यपूर्वको असर नेपालमा पनि
गएको तीन साता अगाडी अमेरिका र ईजरालले इरानमाथि गरेको संयुक्त हमलापछि जारी मध्यपूर्वको युद्धले विश्व मानव जातिको उपभोग गर्ने वस्तुमा असर पारेको छ । युद्ध भोगिरहेका देश इरान, कुवेत, इजराल, साउदी अरब, वराईन, कतार ओमानहरुमा मानवीय क्षति र तनावले मानव जातिकै लागि निकै कठिन अवस्था छ । यहि वेलामा  नेपालमा नयाँ सरकारले देशको बागडोर समाल्दै छ । नेपालमा बैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाएको रेमिट्यान्सवाट देशको अर्थतन्त्रमा टेवा पुग्दै आएको छ । खाडी मुलुकमा चलिरहेको युद्धले नेपाललवाट रोजगारीमा गएकाहरु तत्कालै फर्कने क्रममा छन् भने मानवीय जोखिमा समेत परेका छन् ।
त्यसको असर नेपाल देशलाई समेत परेको छ । मध्यपूर्वको बिध्वसले मानव जातिको लागि निक्कै ठुलो क्षति पु¥याउदै आएको छ । भने मानवले प्रयोग गर्ने वस्तु, सेवामा समेत असर देखिदै गएको छ । विशेष गरेर ईन्धन पेट्रोलियम पदार्थको अभावले सवै वस्तुमा मुल्इ बृद्धि हुदै गएको छ । शहरी क्षेत्रमा बस्ने मानिसहरुको जीवनस्तर कष्टकर बन्न थालेको छ ।
त्यसैले नयाँ बन्ने सरकारले नेपालमा नै अन्वेषण भएर उत्खनन प्रक्रियामा रहेको दैलेखस्थित पेट्रोल, उत्खनन कार्य गर्न सकेको खण्डमा विश्वमा हुने वेला वेलाका लडाईको वेला नेपाल देश आफ्नै ईधनवाट देश चलाउन सकिन्छ । यस्ता अनेकौ देशलाई उपयोगी हुने उपायहरु देशले खोजेको देश बनाउने स्पष्ट नीति लागु गर्न वर्तमानका युवाहरुले गर्न सक्छन् । ति युवाहरु रास्वपामा छन् भनेर नै  झण्डै दुईतिहाईको जनमत जनताले दिएका छन् । त्यो जनमतको कदर होस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend