जन आकाश
नेपाल देश कृषिप्रधान देश भनेर रटाई रटाई पढाउने गरिन्छ । तर नेपालले वार्षिक अरबौ रुपैयाको खाद्यन्न आयात गरेर उपभोग गर्नुपरेको तितो यर्थाथ सवैलाई जगजाहेर नै छ ।
चोकमा ठुला ठुला भाषण गरेर मञ्चमा भेला बालाएर कृषकको कुरा गर्ने कुरौटेहरुले कृषिको विकास गर्न सक्दैनन् भन्ने चेत खुल्नुपर्ने हो । तर नेपालमा हालसम्म त्यस्तो चेत आम नागरिकमा पनि खुलेको देखिदैन । परातन तरिकाले खेतीपाती गर्ने र त्यसैमा रमाउने सरकारले पनि देशको भुबनौट अनुसारको नीति तर्जुमा नगर्ने गर्नलाई खोजेमा पनि एउटै योजनालाई लम्बेतान समय लगाएर झुलाउने जस्ता प्रबृति देखिदै आएको छ ।
त्यसकारण नेपालमा कृषिको सम्भावनालाई कुरावाट होइन नीतिगत रुपमा भूमि सरकारको मातहतमा हुने र जसले व्यवसायिक कृषिको अवधारणा यिएर उपयुक्त योजना जस्ले कृषिको मोडल पेस र्गछ उसैलाई सरकारले दिनपर्ने सुविधाहरु दिएर नेपालमा कुषिलाई अगाडी बढाउन सक्नुपर्छ ।
बृहत कृषि प्रणाली लागु गरेर लाखौ मानिसहरु नेपालमा कृषि रोजगारको रुपमा काम गर्न सकुन् । त्यसको लागि कम्पनीस्तरको कृषि आवश्यक छ । यस्तो अवधारण लिएर कृषिको शुरुवात गर्नसक्नुपर्छ ।
चोक चोक बसेर ठूला ठूला भाषणले कृषकको खेतमा बिरुवा उम्रीदैन । फल फल्दैन । फल फलाउनलाई पहिला बिरुवा रोप्नुपर्छ । गोलमेल गर्नुपर्छ । उन्नत जातको बाली लगाउन प्रशिक्षण लिनुपर्छ । सिचाई नहर बनाउनुपर्छ । उत्पादन गरेपछि सुरक्षित राख्नको लागि भण्डारण (स्टोर) व्यावस्थापन गर्नुपर्छ । तवमात्र कृषिवाट नेपाली नागरिकहरुले कृषिप्रधान देशको रुपमा गर्व गर्ने ठाउँ हुन्छ ।
त्यसकारण कुरा गर्न छोडेर आधुनिक कृषिको थालनी गर्न सरकारले स्पष्ट नीति बनाउनुपर्छ । स्पष्ट कृषि नीति बनेपछि नागरिकले ढ्क्क भएर कृषिको माध्यमवाट समृद्ध देश बनाउन कर्म गर्न थाल्छन् । यस्तो वातावरण बनाउन सकियो भने नेपाल कृषिप्रधान देशको प्रतिष्ठालाई पुनः जाग्रित गर्न सक्छौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend