logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


  • जन आकाश
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिएका छन्।



बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। आज बस्ने बैठक नवगठित मन्त्रिपरिषदको दोस्रो बैठक हो।यसअघि शुक्रबार सरकार गठन लगत्तै मन्त्रिपरिपद् बैठक बसेको थियो।

उक्त बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो शुक्रबारकै मन्त्रिपरिषद बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो। सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend