जन आकाश
काठमाडौं । फ्लोरीकल्चर व्यवसायसँग सम्बन्धित छाता संस्था फ्लोरीकल्चर एसोसियसनले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरे नेतृत्वको समूहलाई पूर्ण समर्थन जनाएको छ।
एसोसियसनले साना तथा ठूला सबै व्यवसायीलाई समेट्ने समावेशी महासंघ निर्माण गर्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भावी अध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको टिमसँग सहकार्य गर्दै अघि बढ्न घिमिरे समूहलाई जिताउनुपर्ने धारणा व्यक्त गरेको हो।
घिमिरे ठूलो व्यवसायमा संलग्न भए पनि सरल र सहज स्वभावका व्यक्ति भएको उल्लेख गर्दै एसोसियसनले साझा नेतृत्वको अवधारणाअनुसार उहाँलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ।
एसोसियसनका तर्फबाट हिरामणी शर्माले महासंघ एजेण्डामुखी हुनुपर्ने आवश्यकता औंल्याउँदै सबै क्षेत्रका व्यवसायीका समस्या समाधानका लागि नीतिगत पैरवी गर्न सक्ने नेतृत्वको खाँचो रहेको बताउनुभयो। उहाँले घिमिरे नेतृत्वको समूहले विभिन्न क्षेत्रका समस्यालाई समेट्दै प्रभावकारी रूपमा पैरवी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
वस्तुगततर्फका उम्मेदवार शिव प्रसाद घिमिरेले महासंघलाई सबै व्यवसायीको आशा र भरोसाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारसँग प्रभावकारी रूपमा नीतिगत पैरवी गर्न सक्ने, नीति बुझ्ने र कार्यान्वयनमा लैजान सक्ने नेतृत्व चयन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो।
त्यस्तै, भावी अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा काम गर्न सहज हुने भएकाले उहाँको टिमलाई नै समर्थन गर्नुपर्ने घिमिरेको भनाइ थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend