जन आकाश
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी छिन्। मंगलवार भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा उपलब्ध गराउन निर्देशन दिएकी हुन्।
सेवा प्रवाहमा ढिलासुस्ती र अनियमिततासम्बन्धी गुनासो शून्यमा झार्नुपर्ने उल्लेख गर्दै उनले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुनअनुसार कारबाही हुने चेतावनी दिइन्। ‘मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्,’ मन्त्री रावलले भनिन्, ‘कसैको दबाब र प्रभावमा होइन, कानुनमा टेकेर काम गर्नुस्।’
उनले नापी र मालपोत कार्यालयमा सेवाग्राहीले बढी हैरानी भोग्ने गरेको उल्लेख गर्दै अब ती कार्यालयबाट सहज सेवा प्राप्त हुने अवस्था सिर्जना गर्न कर्मचारीलाई निर्देशन दिइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend