जन आकाश
काठमाडौ । सगरमाथा गाइडहरू विरुद्ध लगाइएका निराधार आरोपहरुको सगरमाथा आरोही संघले खण्डन गरेको छ । उसले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
सगरमाथा क्षेत्रमा सगरमाथा पर्वतारोही गाइडहरूले जानाजानी ग्राहकहरूलाई विषाक्त पारेको आरोप लगाउँदै बिभिन्न सामाजिक सञ्जाल र केही मिडिया हु भननेहरुले आरोप लागएर झुटको खेती गरी नेपाल देशको नै बदनाम गराउने उदेश्यले भ्रामक सभाचार बनाएको प्रति सगरमाथा आरोही संघ धोर आपत्ति रहेको भन्दै उसले कडा शव्दमा निन्दा गरेको बिज्ञप्तिमा उल्लेख छ ।
आरोहीहरूको सुरक्षा र सफलता सुनिश्चित गर्न हरेक दिन आफ्नो ज्यान जोखिममा पार्ने समर्पित गाइडहरू। हामी स्पष्ट रूपमा भन्न चाहन्छौं कि, केन्द्रीय अनुसन्धान ब्यूरो सिआईवीले पुष्टि गरिसकेको छ कि कुनै पनि सगरमाथा गाइडहरूले यस्तो अनैतिक वा आपराधिक व्यवहारमा संलग्न भएको दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण फेला परेको छैन। तर बजारमा अनेक खालका झूटा समाचारहरु आईराखेकोमा यस्ता झुटा सभाचार लेखेर अफवाह फेलाउनेहरुलाई नेपाल सरकारको सम्बन्धित निकायले कारवाही गर्न अनुरोध गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।
सगरमाथा गाइडहरू अन्तर्राष्ट्रिय रूपमा प्रमाणित र उच्च अनुभवी सेवकहरुहुन्, जस्तो सुकै जोखिममा आरोहीहरुको सेवामा खट्छन । मानवता देखाउछन् । उनिहरुले पर्वतारोहण पेशाप्रतिको जिम्मेवारी इमानदारिता कहिल्यै तलमाथि हुन दिएका छैनन् । सवै पक्षलाई स्पष्ट हुन अनुरोध गर्दछौ । यस्तो जिम्मेवार भएर काम गरिरहेका इमानदार गाईडहरुलाई बदनाम गराउनु भनेको इमानदार पेशाकर्मीहरु माथिको अपमान भएको महसुस गरेका छौ । सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाको हस्तक्षर भएको बिज्ञप्तिमा भनिएको छ ।
े
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend