logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

नयाँ वर्षले सबैमा खुशी ल्याओस्


  • जन आकाश
  • मंगलबार, बैशाख १ २०८३

मोहन कार्की ।
नेपालले मान्दै आएको बिक्रम संम्बद अनुसार वैशाखवाट अर्को वर्ष शुरु भएको मानिन्छ । त्यही दिनलाई नेपालका नेपालीहरुले नयाँ वर्षको रुपमा मनाउने चलन चल्दै आएको छ । २०८२ लाई विदा गरेर आजवाट २०८३ लागेको छ । वैशाख १ गते आज सवै नेपालीले हौशला प्रदान गर्नेगरी कार्यक्रमहरु हुदैछन् । केही दिन अगाडी देखिनै एक आपसमा हार्दिक शूभकामना आदान प्रदान गर्ने, खुशी साटसाट गर्ने नयाँ कामको शुरुवात गरेर एक अर्काबीचमा प्रसार गर्ने कार्यक्रमहरु भइरहेका छन् । नेपाल सरकारले देशको नीति तथा कार्यक्रम, नेपाल सरकारका मातहतमा रहेका सघ, संस्थाले पनि आउदो वर्षको लागी कार्यत्रम तय गर्दा वैशाखलाई नै पहिलो महिनावाट शुरु गर्नेगरी तयारी गरेका हुन्छन् । नेपाल शैक्षिक क्षेत्रले नयाँ वर्ष वैशाखवाट नै नयाँ शैक्षिक वर्ष आराम्भ गरेको हुन्छ । नेपालीहरुले हरेक नयाँ वर्षमा नयाँ व्यापार, व्यवसाय, कुनै शभ कार्यहरु नयाँ वर्षलाई पारेर गर्दा उत्तम साइतको रुपम लिने गर्दछन् । यस वर्ष झनै नयाँ सरकार नयाँ मन्त्रीमण्डल, युवा पुस्ताको सरकार, उत्साहजनक नै छ ।



नयाँ वर्षसँगै नेपालीको काधमा थपिएको चुनौती र जिम्मेवारी
२०८२ सालमा पनि नेपालीहरुले सदभाव, धार्मिक सहिष्णुता राष्ट्रिय एकता कायम गर्दै नेपालको उन्नती र नेपालीहरुको प्रगतिको कामना गर्दै यसैगरी शूभकामन आदान प्रदान भएका थिए । समय बदलिदै गयो । परिस्थिति बदलियो अन्तराष्ट्रिय परिस्थिति पनि बदलियो त्यसको प्रभाव नेपालमा पनि प¥यो २०८२ साल नेपालीहरुका लागि त्यति सुखमय रहेन । नेपाल सरकारले अन्तराष्ट्रिय कम्पनीद्धारा सञ्चालन भईरहेको सामाजिक सञ्जाल फेसबुक लगायत सामाजिक एपहरुलाई नेपाली बजारमा नेपाल सरकारको नियमसँग आवद्ध भएर मात्र सञ्चालन गर्नुपर्छ । नभए नेपालमा प्रतिबन्द लगाउने निर्णय सरकारले गरेपछि जेन्जी पुस्ताले यो लगायत अन्य मागहरु राखेर २०८२ साल भदौ २३ गते शान्तिपूर्ण आन्दोलन गरिरहेको वेला आन्दोलन भड्किएर रक्तपातमा परिणत भई कयौ विद्यार्थी युवाहरुको ज्यान गएपछि आक्रोशित भिडले २०८२ साल भदौ २४ गते गरेको आगजनी तोडफोडवाट देशले ठूलो मूल्य चुकाउनु परेको थियो । जस्तै वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र जहा संसदहरुको अधिवेशन हुने गरेको थियो त्यो भवन, काठमाडौ जिल्ला अदालत, सर्वोच्च अदालत, सिहदरवार लगायत सरकारी भवनहरु, पार्टीका नेताका नीजि घरहरु आगो लगाएर आन्दोलनकारी वा आन्दोलनकारीको भेषमा केही व्याक्तिहरुले सार्वजनिक र नीजि सम्पति नष्ट गरेका थिए । त्यो विध्यसमा तत्कालीन सरकारले राजिनामा दिएर नेपाली सेनाको हेलिकप्टरमा आश्रय लिई नेपाली सेनाकै ब्यारेकमा सुरक्षित भएका थिए । त्यतिवेला प्राय संवैधानिक अंगहरु रिक्त भएको वेला राष्ट्रपतिले सैनिकलाई आवाहन गरेर त्यतिवेला नै शुशिला कार्कीको नेतृत्वमा २०८२ भदौ २७ गते सरकार बनेको थियो ।

देशले ठूलो भमरीको संकटवाट बचेको थियो । आज पनि सिहदरबार, सर्वोच्च अदालत, सरकारी भवनहरुमा लागेको आगोको कारण डढेर काला भएका अगारहरु पन्साएर त्यस्तै प्रशासनिक भवन बनाउनुपर्ने चुनौति नेपाल सरकार र नेपाली नागरिकहरुमा छ । भने मित्र राष्ट्र चिन सरकार र चिनिया जनताले नेपाल देश र नेपाली जनताको लागि सहयोग स्वरुप बनाईदिएको अन्तराष्ट्रिस्तरको वीरेन्द्र सम्मेलन केन्द्र पुनः निर्माण दुरुस्तै बनाएर अन्तराष्ट्रिय सम्मेलन गर्नुपर्ने तडकारो आवश्यकता छ । यो जिम्मेवारी पनि नेपाली जनताले नयाँ पुस्तालाई झण्डै दुई तिहाईको बहुमतसहितको जिम्मेवारी दिएका छन् । त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको छाताभित्र सवै नेपाली गोलबद्धछन् ।

स्पष्ट बहुमत भएको कारण बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालमा नेपालीले कानूनी अडचनकै कारण गर्न नसकेका प्रगतिलाई कानूनी अडचनहरु बदलेर नेपाली नागरिकले गर्नसक्ने सम्भावना भएका क्षेत्रहरु फराकिलो बनाउदै दैनिक हजारौको संख्यामा अर्काको देशमा रोजगारमा गईरहेका नेपाली युृवा पुस्तालाई देशमा नै रोजगार सिर्जना गरेर नेपालीको सीप, श्रम नेपालमा नै लगाउन सक्ने वातावरण बनाउनुपर्ने चुनौती छ । सरकार बनेको १७ दिनमा भएका क्रियाशीलताले सकारात्क परिणामहरु आईरहेका छन् । त्यर्सथ समग्र राष्ट्रको विकास सवै नेपालीको उन्नती हुने कार्य यसै २०८३ सालको नयाँ वर्षसगै शुरुवात भई प्रणालीको रुपमा विकास होस् । सवै नेपालीमा खुशी छाओस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend