logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

प्रहरी परिचालन गरी जलस्रोत विभागका महानिर्देशक र आयोजना निर्देशक प्रधानमन्त्री कार्यालयमा उपस्थित


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले खोजी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित गराएको छ।



काठमाडौं उपत्यकाबाहिर रहेका दुवै अधिकारीलाई बिहीबार प्रहरीले फेला पारेको थियो। त्यसपछि शुक्रबार उनीहरूलाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको हो। प्रहरी स्रोतले दुवै जनालाई नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित गराइएको दाबी गरे पनि प्रधानमन्त्री कार्यालयले भने पक्राउ वा नियन्त्रणमा लिइएको भन्ने विषय अस्वीकार गरेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार आयोजनाको प्रगतिसम्बन्धी केही विषयमा जानकारी लिन उनीहरूलाई बोलाइएको हो। यसअघि सम्पर्कमा रहेका दुवै अधिकारी पछिल्लो समय फोन बन्द गरेर सम्पर्कविहीन भएपछि उनीहरूको अवस्था बुझ्न प्रहरीलाई पत्राचार गरिएको कार्यालयको भनाइ छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले उनीहरू बिहीबार फेला परेको र राति होटलमा बसेर शुक्रबार काठमाडौं आएको दाबी गरेका छन्।

यद्यपि, उनीहरूलाई प्रहरी परिचालन गरेर खोज्नुपर्ने अवस्था किन आयो र सुनकोशी–मरिण आयोजनाको प्रगतिसम्बन्धी कुन विषयमा स्पष्टीकरण खोजिएको हो भन्नेबारे भने औपचारिक रूपमा खुलाइएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend