logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

मधेशमा मृगौला उपचार केन्द्र स्थापना हुने, निर्माण प्रक्रिया अघि बढ्यो


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । मधेश प्रदेशका मृगौलासम्बन्धी बिरामीलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले जनकपुरधाममा मृगौला उपचार केन्द्र स्थापना गर्ने तयारी अघि बढाइएको छ।



स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेटअन्तर्गत केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।

केन्द्र स्थापना भएपछि मधेश प्रदेशका मृगौलासम्बन्धी बिरामीलाई उपचार सेवा प्राप्त गर्न सहज हुने तथा प्रदेशको स्वास्थ्य पूर्वाधार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend