logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिपी राजमार्गसँग जोडिएको रोशी खोला र निकास


  • जन आकाश
  • मंगलबार, बैशाख १ २०८३

 



बिपी राजमार्गसँग जोडिएको रोशी खोला र निकास

 


मोहन कार्की ।
नेपलाको पूर्वी तराई र पूर्वअञ्जल अर्थात पूर्वका पाहाडी जिल्लाहरुको लागी राजधानीसँग छोटो दुरीमा जोडने राजमार्गको रुपमा विकास गरिएको बिपी राजमार्गले सवैलाई सजिलो बनाएको छ । तर २०८१ साल असोज १२ र १३ गते आएको रोशी खोलाको बाढीले रोशी खोला आसपास भएर बनेको बिपी राजमार्ग दाप्चा पुलनजिकैवाट रोशी खोला भेटिने चौकी डाडादेखि रोशी खोला सुनकोशीसम्म जव मिसिदैन तवसम्म अर्थात झण्डै २९ किलोमिटर बिपी राजमार्ग केही भाग दाप्चा खोलाले र अधिकाँश भाग रोशी खोलाले बगाएर ध्वस्त बनाएको थियो सुनकोशीले खैरेनीघाटमा बनेको पुल खुरकोटको पुल लगायत थुप्रै पुल बगाएको थियो । उक्त सडकलाई त्यही रोशी खोलाको चोकर ढुङगा गेग्रान उठाएर पहिलाकै वाटोको लेवलमा उठाई यातायात सञ्चालन गरिएको थियो ।

यातायात पनि सहज रुपमा सञ्चालन भईरहेका थिए । नेपाल सरकारको संघीय सडक बिभागले २०८१ साल चैत्रमा उक्त क्षतिग्रस्त सडकलाई दुईलेनमा विस्तार गर्ने गरी टेण्डर खुलाएको थियो । उक्त टेण्डरको प्रक्रिया पुरा गरेर असोज ६ गते टेण्डर सम्झौता गरेर २९ किलोमिटर सडकलाई चार खण्डमा बिभाजन गरेर काम गर्ने तयारी गरिरहेका थियो । जसको लागत झण्डै तीन अरब रुपैया छ । फेरी २०८२ असोज १७ र १८ गते त्यसैगरी भिषण वर्षा भएर रोशी खोलाको बाढीले सडक बगायो । केहीदिन उक्त सडक खण्ड अबरुद भयो र केहीदिनपछि पुनः सडकलाई सञ्चालन गरिएको छ । २०८१ साल आसोजमा नै क्षति पुगेको २९ किलोमिटर सडकलाई पुनः निर्माण तथा विस्तार गर्नेगरी क्षति पुगेको खण्ड जति सडक दुईलेनको बन्ने गरी ठेक्का सम्झौता भईसकेको छ । उक्त निर्माण छिटो सक्न सवैपक्षको ध्यान यतिवेला बिपी राजमार्गमा परेको छ । २०८२ साल भदौमा भएको जेन्जी विद्रोह पछि बनेको शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारका भौतिक, योजना तथा यातायात मन्त्री कुलमान घिसिङले पनि बिपी राजमार्गको अनुगमन गरेका थिए ।

अहिलेका २०८२ साल चैत्र १३ गते बनेको सरकारका गृहमन्त्री तथा रास्वपाका नेता सुुधन गुरुङले पनि बिपी राजमार्ग छिटो बनाउन अनुगमन गरेका छन् । काम पनि धमाधम भईरहेको छ । खोलावाट कंक्रिट दलान गरेर गरेर वाल उठाईएको देखिन्छ । बाटो फराकिलो बनाएको देखिन्छ । यसको दिर्धकालमा हुने क्षतिको आकलन भने गरिएको छैन । आउदा दिनमा क्षति हुदापनि नहोस मानिसले दुखः नपाउन ।

विकासका काम भईरहेका क्षेत्रमा राज्यको ध्यान पुगेको छैन । रोशी खोलामा बाढी आई पुगेको राजमार्गका क्षतिपछि अनुगमन, अध्ययन पक्कै भयो होला तर त्यो बाढी आउनुको कारणहरु बिस्तृतमा आएको छैन । सुधार गरेर आधुनिक सडक निर्माण गरेर बनाएको सडक पुनः बाढीले नबगाउला भन्न सकिदैन । २०८१ असोज र २०८२ असोज १७ र १८ गते आएको बाढीले पु¥याएको क्षतिलाई लिएर केही क्रसर उद्योगहरुको लापरवाही भनेर मिडियामा आएको वाहेक अरु कारणहरु हामीले पढन पाएका छैनौ । तर त्यस क्षेत्र वरपरका स्थानीयले भनेको, सुनेको कुरालाई आधार मान्दा रोशी खोला फुलचोकी डाडाको पुर्वीभागवाट पहरा फोरेर निस्केको मुल नै हाल काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका, पनौती नगरपालिका हुदै बग्ने नदी हो । यसको लम्बाई ५५.६५ किलोमिटर रहेको देखिन्छ । यो नदी सिन्धुलीमा रहेको कुसेश्वर माहदेव मन्दिर देखि अलितल खैरेनीघाट पुगेर सुनकोशीमा मिसिन्छ । रोशी खेला आसपासमा बढ्दै गएको घनावस्ती ती वस्तीहरुवाट उत्पादन हुने फोहोर, इआइए नगरी जताततै खनिएका पाहाडी क्षेत्रका सडकहरु र ती कच्ची सडकहरुवाट निस्केको आलोमाटो काभ्रेको महाभारत गाउँपालिका, पनौती नगरपालिका हुदै चौकीडाडा पुग्दासम्म माथिल्ला पाहाडवाट पानी परेको वेला रोशीखोला फोहोर, आलोमाटो खोला आसपासमा खोलिएका ढुङगाखानी र क्रसर उद्योगवाट स्किेको डस्ट धुलो खोलाले सोरेर बिभिन्न ठाउमा थुनिदै ताल बन्दै ताल फुटदै फैरोको रुपमा फोहोर, आलोमाटो ढुङडा सोेरेर बाढीको रुपमा चौकी डाडा आईपुग्ने र चौकी डाडा वरपर पनि त्यस्तै खालका त्रसर उद्योग, ढुङगा खानी बाटो खनिएको आलो माटो थप रोशीमा मिसिदै जाने वषौदेखि रोशी खोलाको गराईमा धुलोमाटो ढुङगा थपिदै जादा खोलाको सतहपनि माथि उठेको हुनाले पहिला बिपी राजमार्ग बनाउदा गरेको सुरक्षा स्टीमेट भन्दा माथि खोला आएको हुनाले दाया–बाया क्षति पु¥यादै आउने गरेको स्थानीयको भनाई छ ।

रोकथाम गर्ने उपाय के हुन सक्छ त ?
फुलचोकी डाडावाट झर्ने रोशीको शिर देखिनै कन्चन पानी जसरी बग्छ त्यस्तै कन्चन पानी बगेर सुनकोशीसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय रोशी आसपासका नागरिकहरु सरोकार राख्ने सवै मिलेर यसको रोकथाम गर्न सकिने स्थानीय तथा रोशीको कन्चन पानी देखेका बृद्धाबृद्धाहरुको भनाई छ । त्यो भनेको रोशी खोला आसपासका बसोबास गर्ने नागरिकहरुले खोलामा फोहोर फाल्नु भएन । पनौतीमा मिसिने खोलाहरु जस्तै पुण्यवती, पुष्पवती र दिव्यवती देवीका रुपमा बग्ने नदीमा फोहोर जुठो भयो भने पनि देवी रिसाएर रुद्र उप्रदो हुन सक्ने किमदन्ती छ । दोस्रो सरकारले उक्त रोशी खोला आसपासका पाहाडी क्षेत्रमा खनिएका सडकहरुलाई जतिसक्दो चाडो पक्की सडक बनाउनुपर्छ पैरो नखस्ने बनाउनु पर्छ ।
तेस्रो रोशी खोला आसपासका ढुङगा खानी, क्रसर उद्योग सञ्चालन गर्दा मापदण्ड अपनाएर सञ्चालन गर्नुपर्छ र ढुङगा खानी र त्रसर उद्योगले उत्पादन गरेर खेर जाने धुलो (डस्ट) लाई यत्रातत्र नछोडेर कतै लगी वाल लगाएर मात्र स्टोर गर्ने र आश्यक पर्ने कम्पनीलाई सुलभ मूल्यमा दिने गरी स्टोर गरेर खोलामा पुग्न नदिने उपाय अपनाउने गर्नुपर्छ । अहिलसम्म त्यस्तो गरिएको पाएको छैन ।

क्रसर उद्योग र टोले डनहरुको विवाद
नेपालमा खोला, नदीहरुवाट प्राप्त हुने प्राकृतिक स्रोत जस्तै बालुवा, गिटी, ढुङगा निर्माणका लागि नभईनहुने स्रोतहरु हून् । यो सञ्चालनका लागि सरकारी मापदण्ड पु¥याएर उद्योगमा दर्ता गरी सञ्चालन गर्न पाइने नियम छ । व्यवसाय गर्ने व्यावसायीले मापदण्ड पु¥याएर कतिपय ठाउँमा मापदण्ड नपु¥याइ पनि काम गर्दै आएका छन् । त्यसको अलवा त्यसै आसपासमा बसोबास गर्ने टोले डन, केन्द्रमा राजनीतिक संरक्षणमा सरक्षित केन्द्रीय डनहरुले त्यस्ता त्रसर, ढुङगाखानीहरुवाट रकम असुल्ने र त्यसमा कतिपय जिल्लाका सिडियोहरु समेत अप्रत्यक्ष सहभागी हुने जस्ता समाचार वेला वेलामा आउने गरेका छन् । सेटिङ हुने विश्वसनीय आधारहरु पनि छन् । किनकी कुनैकुनै जिल्लामा सिडियो सरुवा भएको यस्ता क्रसर उद्योग, बालुवा खानी, ढुङगा खानीको अनुगमन गर्ने नियन्त्रण गर्ने गरेका देखिन्छन् । पछि बस्दै गएपछि फेरी सहज हुदै जान्छन् । यस्ता तिकडमबाजी मात्रै सावधान होईनन् । विकासका लागि ढुङगा, गिटी, वालुवा नभई निर्माणका कामहरु हुन सक्दैनन् । हाम्रो प्राकृतिक स्रोतहरु परिचालन गरेर देशको विकास गर्न सकिने सस्तो छिटो आधारहरु तय गर्न सक्नुपर्छ । खानी खन्न, बालुवा झिक्न, मापदण्ड पुरा गरेर निकाल्नेलाई निर्वाध दिनैपर्छ । त्यस्ता ठाउँमा गुण्डागर्दी गर्ने जोकोही भएपनि नियन्त्रणमा लिएर कानूनी कारवाही गर्न पछि हट्नु हुदैन ।

सरकार परिवर्तन हुने वित्तिक्कै आ–आफ्ना स्वर्थ बोकेर निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरु नै यस्ता गलत खेलमा लागेको देखिदै आएको छ । त्यसकारण नेपालको बिपी राजमार्ग नव निर्माणको चरणमा छ । यसको सरक्षण सदुपयोग गर्न सवैभन्दा पहिला सरकारले आफ्नो मातहतमा रहेका स्थानीय सरकारलाई रोशी खोलामा फोहोर गर्न नदिन, क्रसर उद्योग, ढुङगा खानी मापदण्ड पु¥याएर सञ्चालन गर्न र गुण्डागर्दीको आवरणमा हुने व्यवसायी माथिको धाकधम्की, अवरोध गर्न नदिई सहज ढंगवाट रोशी खोला आसपासका क्षेत्रमा प्राकृतिक सरक्षणको लागि चेतना जगाएर काम गरी सधैको लागि निकास दिन सकिने काम गर्न सक्नुपर्छ ।

लेखक जनआकाश मिडियाका अध्यक्ष हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend