जन आकाश
काठमाडौं । काठमाडौँ महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहमा अतिक्रमित जग्गा खाली गराउने अभियान तीव्र रूपमा चलिरहेको छ प्रधानमन्त्री बालेन्द्र बालेन शाह नेतृत्वको सरकारले देशभरका पालिकालाई सर्कुलर जारी गरेर नदी उकास, सडक मापदण्ड, विद्यालय र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन कडा निर्देशन दिएको छ
सामाजिक सञ्जालदेखि मूलधारका सञ्चारमाध्यमहरू भत्किएका घर, रोएका नागरिक र चलिरहेका डोजरका दृश्यहरूले भरिएका छन् ।सरकारको यो कदमले देशभरका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूमा ठुलो त्रास सिर्जना गरेको छ, तर प्रधानमन्त्री शाहकै संसदीय निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५० अन्तर्गत पर्ने दमकका सुकुमबासी बस्तीहरूमा भने डर र भरोसा दुवै पाइएको छ ।
एकातिर सामाजिक सञ्जालमा भाइरल भिडियोले उनीहरूको मुटु काँपेको छ भने अर्कोतिर ‘आफूले भोट दिएर जिताएको मान्छेले आफ्नै उठिबास लगाउँदैनन्’ भन्ने विश्वास पनि छ ।झापाको दमक नगरपालिका वडा नम्बर ४ स्थित चिया बगान आसपासको क्षेत्रमा वर्षौँदेखि सयौँ सुकुमबासी परिवार बसोबास गर्दै आएका छन् । सुनौलो एकता टोल विकास संस्था लगायतका नाममा सङ्गठित यहाँका करिब १२० घरधुरी यतिबेला केन्द्र सरकारको नीति र आफ्नो भविष्यलाई लिएर चोक–चौतारोमा छलफलमा जुट्ने गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend