logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानमा निस्किए धनगढीका मेयर


  • जन आकाश
  • सोमबार, बैशाख १४ २०८३

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली अपि बेस क्याम्प यात्रामा निस्किएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित प्रवर्द्धनात्मक अभियानको सुरुआत गरेको हो ।



मेयर हमालको नेतृत्वमा ३० जनाको टोली सोमबार बिहान अपि बेस क्याम्पसका लागि धनगढीबाट हिँडेको छ । १० दिनको यात्रामा निस्किएको टोलीले अपि हिमालको बेस क्याम्पसम्म पुग्ने लक्ष्य लिएको छ ।

सुन्दर सुदूरपश्चिमका अभियान्ता समेत रहेका मेयर हमालले स्थानीय सरकारको तर्फबाट त्यसैको निरन्तरता स्वरुप हिमाल र पर्यटकीय क्षेत्रको प्रचारका लागि अभियान थालिएको बताएका छन् ।

अपि बेस क्याम्प यात्रामा जनप्रतिनिधिसँगै कर्मचारी, व्यापारी तथा केही सर्वसाधारणको पनि सहभागिता रहेको छ । उनीहरुलाई धनगढीबाट बाजागाजा र फूलमालासहित टोलीलाई बिदाइ गरिएको छ ।यो अभियानले सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend