logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

उद्यमी-व्यवसायीको असहयोगका कारण भन्सारमा जाँचपास प्रक्रिया ठप्प, राजस्व संकलन प्रभावित


  • जन आकाश
  • बिहिबार, बैशाख १७ २०८३

काठमाडौं । उद्यमी(व्यवसायी) जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगंज भन्सार लगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व संकलन प्रभावित भएको छ।



वीरगंज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य ९एमआरपी० कार्यान्वयन गर्न खोज्दा २ दिनदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्।आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो।

उद्यमी(व्यवसायीको असहयोगका कारण राजस्व संकलन प्रभावित भएको छ। वीरगंज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार आयात(निर्यातकर्ताले जाँचपासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको हो।

सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रुपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो।

पेट्रोलियम पदार्थ, सागसब्जी, फलफूल तथा औद्योगिक कच्चापदार्थको भन्सार जाँचपासमा कुनै समस्या नभएको विभागले जनाएको छ। त्यसबाट ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ। वीरगंज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ।

यसैबीच, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले एमआरपी अव्यावहारिक भएकाले आफूहरू भन्सार जाँचपास प्रक्रियामा सहभागी नभएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend