logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बजेटको तयारी गर्दा विपक्षीलाई वास्ता नगरेको भन्दै आपत्ति


  • जन आकाश
  • बिहिबार, बैशाख १७ २०८३

काठमाडौं । विपक्षी तीन दलले सरकारले यतिबेला नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहँदा विपक्षी दललाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।



आज एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगाल, कांग्रेस प्रमुख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालसहितको संयुक्त बैठकले सरकारले बेवास्ता गरेकोमा ध्यानाकर्षण भएको बताएको हो ।

‘यतिबेला नीति तथा कार्यक्रम र बजेट तयारीको कार्य चलिरहेको छ । तर तयारीको यो प्रक्रियामा विपक्ष दलहरुलाई पुरै वेवास्ता गरिएको छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘त्यसैले नीति तथा कार्यक्रम र बजेट तयारीमा सम्बद्ध सबै पक्षका आवाज मुखरित हुने गरी पारदर्शी र लोकतान्त्रिक तरिका अवलम्बन गर्न जोडदार माग गर्दछौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend