logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाली सेनामा खुल्यो जागिर, माग्यो ४ हजार २२५ जना कर्मचारी


  • जन आकाश
  • शुक्रबार, बैशाख १८ २०८३

काठमाडौं । नेपाली सेनाले विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।जंगी अड्डाले सैनिक पदमा ४ हजार २२५ जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो।



सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरूमा नयाँ भर्ना गर्नका लागि जंगी अड्डाले दरखास्त आह्वान गरेको हो।सेनाले सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी लगायत कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

उपत्यका पृतना नारायणहिटीका लागि ३०० जना, श्री राजदल गण ललितपुरका लागि १२५ जना, श्री मेहरगण धुलीखेलको लागि १०० जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २५० जना लगायत विभिन्न गणहरूमा विभिन्न संख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो।सबैभन्दा बढी सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४०० जना मागेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend