logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अध्यादेश रोक्न राष्ट्रपति गुहार्ने पार्टीनिर्णयको विपक्षमा केन्द्रीय सदस्य रिजाल


  • जन आकाश
  • शुक्रबार, बैशाख १८ २०८३

काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेश रोक्न राष्ट्रपति रामचन्द्र पौडेल गुहार्ने पार्टीको निर्णयको विपक्षमा एमालेमा नेता विष्णु रिजाल उभिएका छन्।



सरकारले ४० भन्दा बढी कानुन संशोधन गर्ने गरी ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेपछि बुधबार कांग्रेस, एमाले र नेकपासहितका विपक्षी दलहरुले आपत्ति जनाएका थिए। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल नै उस्थिति भएको विपक्षी दलहरुको बैठकले राष्ट्रपतिलाई सरकारले सिफारिस गरेका अध्यादेश रोक्न आग्रह गर्ने निर्णय गरेको थियो।

त्यसप्रति विमति राख्दै केन्द्रीय सदस्य रिजालले अध्यादेशको जसअपस सरकारले नै व्यहोर्ने भएकाले राष्ट्रपतिलाई संवैधानिक दायरा नाघेर अध्यादेश अस्वीकृत गर्न दबाब दिन नहुने बताएका हुन्। त्यसो गर्दा विगतका राष्ट्रपति जस्तै अहिलेका राष्ट्रपतिलाई पनि विवादमा तान्ने उनको भनाइ छ।

‘अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार हो । कुन बेला कस्तो अध्यादेश ल्याउने वा नल्याउने भन्ने कुरा सरकारको विवेकमा भर पर्दछ र त्यसको जसरअपजस पनि सरकारले लिनुपर्छ । असंवैधानिक नभए पनि बोलाएको संसद् रोकेर अध्यादेश ल्याउनु आफैँमा शोभनीय छैन, रिजालले सामाजिक सञ्जालमार्फत अगाडि भनेका छन्,

‘यसका लागि सरकारको राजनीतिक आलोचना गर्नुपर्छ र भइरहेको पनि छ । तर, कुनै पनि बाहनामा आलंकारिक राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार रहन्न र त्यसका लागि उकास्नु पनि हुन्न । अन्यथा, हुँदै नभएको अधिकारको प्रयोग गर्दा विगतका राष्ट्रपतिहरुकै नियति दोहोरिन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend