logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सुकुम्वासीको मृत्युबारे रवि : अनुसन्धानकाे रिपोर्ट नआइकन नबाेलाैँ


  • जन आकाश
  • सोमबार, बैशाख २१ २०८३

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले दुई सुकुम्वासीको दुस्खद् मृत्यूको घटनामा तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । अनुसन्धानको प्रक्रिया चलिरहेको हुँदा अहिल्यै बोल्न नमिल्ने उनको भनाइ छ ।



आज सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने, ‘पहिले अनुन्धानको रिपोर्ट हेरौं । सञ्चारमाध्यममा आएको आधारमा मात्रै बोल्नु उचित हुँदैन ।’
रास्वपा र सरकारले देशका कुनै पनि नागरिक घरबारविहिन नहुने सुनिश्चित गरेको उनले दावी गरे । यद्यपि, बस्ती खाली गर्दा प्रक्रियागतरुपमा केही त्रुटि भएको हुनसक्ने उनको भनाइ छ ।

लामिछानले भने, ‘हामी यसको समाधानका लागि काम गरिरहेका छौं । प्रक्रियामा तलमाथि भएको हुनसक्छ । यो भन्दा राम्रो तरिकाले पनि गर्न सकिन्थ्यो होला तर, देशको कोही पनि नागरिक घरबारविहिन हुनुहुने छैन । केही समय मात्रै दुस्ख हुन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend