जन आकाश
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको बायोमेट्रिक संकलन सुरू भएको छ। यसका लागि सिंहदरबारमा सांसदहरूको बायोमेट्रिक विवरण लिने काम भइरहेको छ।संघीय संसदका दुवै सदनको संयुक्त बैठक यही वैशाख २८ गतेबाट सुरू हुँदैछ। यसपालिदेखि प्रतिनिधिसभा बैठकमा विद्युतीय हाजिरीको व्यवस्था गर्न लागिएको छ।
बैठक सुरू भएको आधा घन्टाभित्रै सांसदहरूको हाजिरी सार्वजनिक गर्ने सभामुख डोलप्रसाद अर्यालले यसअघि नयाँ बानेश्वरस्थित संसद भवनमा पनि विद्युतीय हाजिरीको व्यवस्था गरिएको थियो। २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उक्त भवनमा आगजनी भएको थियो।
अहिले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसदको भवनको बहुउद्देश्यीय हलमा बैठक बस्दै आएको छ। प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा सांसदहरूले हाजिर कापीमा हाजिरी गरेका थिए। अब भने विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend