logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चम्चा र थाल बोकेर सुकुम्बासीहरूले गरे माइतीघरमा प्रदर्शन,


  • जन आकाश
  • शुक्रबार, बैशाख २५ २०८३

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको घरमा क्रूरतापूर्वक डोजर चलाएर जबर्जस्ती उठीबास लगाइएको भन्दै आज शुक्रबार काठमाडौं माइतीघर मण्डलमा विरोध प्रदर्शन भइरहेको छ।



संयुक्त सुकुम्बासी मोर्चा नेपालले थाल, चम्चा बोकेर माइतीघरमा प्रदर्शन गरेका हुन्।उनीहरूले मानवअधिकारको सम्मान गर, विकासका नाममा विस्थापन बन्द गर, सुकुम्बासीको रगतले रंगिएका हात कहाँ गएर धुन्छौं लगायत नारा लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा वैशाख १२ देखि डोजर चलाइएको छ। अहिलेसम्म थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, गंगबु र कपनका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend