logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विदेशस्थित १५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय


  • जन आकाश
  • शुक्रबार, बैशाख २५ २०८३

काठमाडौं । सरकारले १५ जना महावाणिज्य दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विदेशस्थित महावाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो। ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने,’ बैठकको निर्णय सुनाउँदै सरकार प्रवक्ता सस्मित पोखरेलले भने।



आजकै बैठकले राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष वैशाख २८ गते प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सबै सांसदहरूलाई उपस्थित हुन आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकले यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend