logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कुहिने फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि काठमाडौँ महानगरले माग्यो प्रस्ताव


  • जन आकाश
  • आइतबार, बैशाख २७ २०८३

काठमाडौं । महानगरपालिकाले सहरको फोहोर व्यवस्थापनलाई दिगो र वैज्ञानिक बनाउन ‘आइडिया’ मागेको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै कुहिने फोहोर मैलाको वैज्ञानिक व्यवस्थापन गर्ने उपयुक्त विधि सिफारिस गर्न इच्छुक



व्यक्ति, संघ संस्था तथा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको हो । ‘वेस्ट टु इनर्जी’ र ‘जिरो वेस्ट’ को लक्ष्य महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक नीति तथा कार्यक्रममार्फत स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने, ‘वेस्ट टु इनर्जी’ (फोहोरबाट ऊर्जा) र ‘जिरो वेस्ट’ (शून्य फोहोर) सिटीको अवधारणा अघि सारेको छ ।

सोही लक्ष्य प्राप्तिका लागि महानगरले कुहिने फोहोरलाई सडकमा फाल्नुको सट्टा स्रोतका रूपमा प्रयोग गरी वैज्ञानिक व्यवस्थापन गर्न खोजेको हो ।यस कदमको मुख्य उद्देश्य ल्याण्डफिल साइटमा विसर्जन हुने फोहोरको भार घटाउनु रहेको महानगरले जनाएको छ । कुहिने फोहोरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्दा वातावरण संरक्षण हुने र ‘चक्रीय अर्थतन्त्र’ मा समेत टेवा पुग्ने विश्वास महानगरको छ ।

यस्ता छन् सर्त र मापदण्ड महानगरले व्यवस्थापनका लागि सिफारिस गरिने विधिहरूका लागि केही ठोस मापदण्डहरू तोकेको छ । जसमा प्रविधियुक्त र गन्धरहित हुनुपर्ने।

वातावरणमैत्री र सामाजिक विकासमा सहयोग पुर्‍याउने हुनुपर्ने । नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम हुनुपर्ने रहेको छ । प्राविधिक र व्यावसायिक रूपमा सम्भाव्य हुनुपर्ने ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend