logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

थालापति विजयले लिए तमिलनाडु मुख्यमन्त्रीको शपथ


  • जन आकाश
  • आइतबार, बैशाख २७ २०८३

काठमाडौं । तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम मा आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। विजयले मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी थिए।



विजयको शपथसँगै तमिलनाडुमा करिब ६ दशकदेखि पालैपालो सत्ता सञ्चालन गर्दै आएका द्रविड़ मुनेत्र कळगम डीएमके र अन्ना द्रविड़ मुनेत्र कजगम (एआईएडीएमके) को राजनीतिक वर्चस्व अन्त्य भएको छ।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा १२० निर्वाचित सांसदको समर्थन पाएपछि राज्यपालले शनिबार विजयलाई सरकार गठनका लागि आमन्त्रण गरेका थिए।विजयले कांग्रेससहितका सहयोगी दलहरूको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन्।

राज्यपाल अर्लेकरले विजयलाई मे १३ भित्र वा त्यसअघि विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका छन्।
आइतबार बिहान १० बजेपछि सम्पन्न शपथ समारोहमा विजयसँगै टिभीकेका वरिष्ठ नेतासहित अन्य नौ जनाले मन्त्री पदको शपथ लिएका छन्।

मन्त्री पदको शपथ लिनेमा बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तना रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend