logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

निर्माण व्यवसायीद्वारा सडक विभागमा धर्ना


  • जन आकाश
  • बिहिबार, बैशाख ३१ २०८३

काठमाडौं । इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिएको छ।अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत नेपाल सरकारले यस विषयलाई सम्बोधन नगरेको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले बिहीबार धर्ना दिएका हुन्।



व्यवसायीहरूले सडक विभागमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। मूल्यवृद्धिको मारमा परेका निर्माण व्यवसायीहरूले सरकारको उदासीनताका कारण काम अगाडि बढाउन नसकिने बताएका छन्।

विरोध कार्यक्रममा बोल्दै आयोजकले निर्माणका सम्पूर्ण कामहरू आजैका मितिबाट थप प्रभावित हुने र ठप्प पारिने जानकारी दिएका छन्। मूल्यवृद्धिलाई सरकारले तत्काल सम्बोधन नगरेसम्म आयोजनाहरू अगाडि बढ्न नसक्ने व्यवसायीहरूको अडान रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend