logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे कांग्रेस सभापति थापालाई


  • जन आकाश
  • शुक्रबार, जेष्ठ १ २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटवार्ता गरेका छन्।सभापति थापालाई भेट्न मुख्यमन्त्री शाह कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका थिए।मुख्यमन्त्री शाह र सभापति थापाबीच आज शिष्टाचार भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।भेटवार्ता सौहार्दपूर्ण रहेको सचिवालयको भनाइ छ।



प्रदेश सरकारका नेतृत्व परिवर्तन गर्नेलगायत विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेलगायत दलहरूबीच केही दिनदेखि छलफल पनि भइरहेका छन्।कांग्रेस संसदीय दल नेता शाह सुदूरपश्चिम मुख्यमन्त्री छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend