जन आकाश
काठमाडौ । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको छ ।
पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले पुरानो पार्टी कार्यालय बल्खुमा मदन–आश्रित सभा गरेको हो । पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले बक्ता बनाएको यो पहिलो कार्यक्रम हो ।
गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो । एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए । ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतले साथ दिएका थिए ।
तर आज तिनै पौडेल र पोखरेलहरूले भण्डारीलाई प्रमुख अतिथि बनाएर स्मृति दिवस मनाएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend