logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नबिल बैंकको एनबैंक एपमार्फत सरल रूपमा एसआइपी सेवा लिन सकिने


  • जन आकाश
  • सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप एनबैंकु मा लगानी सम्बन्धी सेवा विस्तार गरेको छ।लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरू गरिएको बैंकले जनाएको छ।यही वैशाख ३१ गते नबिल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरू भएको हो।



समझदारी पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे।

एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरू गरिएको बैंकले जनाएको छ।बैंकका अनुसार एकीकृत लगानी सेवा सुरू भएसँगै नबिल बैंकका ग्राहकहरू अब सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लानु (एसआइपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ।

एनबैंकका प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ुइन्भेस्टमेन्ट, एसआइपी, टिएमएसु आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन्। यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ।ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,ु बैंकका नायव प्रमुख बजगाईंले भने।

एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं,उनले थपे।उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ ।

विस्तारीत सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवाहरुलाई निरन्तर सुधार गर्दै सेवाग्राहीहरूलाई एकीकृत प्लेटफर्ममार्फत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ।नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend