logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ८ २०८३

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो ।



पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने प्रयास गर्दा चालक सहित गाडी बाटोभन्दा तल झरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । गाडीका अन्य दुईयात्री पिसाब गर्न बाहिर रहेकाले सुरक्षित छन् ।

च्याङथापुबाट गोरु र बाछि फालेलुङ तर्फ लैजाने क्रममा अचर्लेमा गाडी रोकिएको थियो । प्र १–०१–००२ च १५६९ नम्बरको पिकअप दुर्घटनामा परेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend