जन आकाश
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक तेस्रो दिन आइतबार पनि जारी छ।तेस्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीकै निवास भक्तपुरको गुण्डुमा आज दिउँसो १२ बजे सुरु गरिएको हो।एमाले सचिव महेश बस्नेतका अनुसार हिजो समय अभावका कारण बाँकी रहेका ४ जना सचिवले आज आफ्नो धारणा राख्दै छन्। पार्टी संगठन, वर्तमान राजनीतिक परिस्थिति, जनअपेक्षा र आगामी रणनीतिबारे गम्भीर छलफल जारी छ’, उनले भनेका छन्। गत शुक्रबारदेखि जारी एमाले सचिवालय बैठकमा ८० प्रतिशत सदस्य ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा उभिएका छन्।
चार उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र पाँच सचिवले ओलीले अध्यक्ष पद त्याग गरेर पार्टी पुनर्गठनमा सहयोग गर्नुपर्ने धारणा राखेका छन्। सचिवमा महेश बस्नेत मात्र ओलीको निरन्तरताका पक्षमा उभिएका छन्।
‘ओलीले बनाएको पार्टी उनैले सकाए, अब नयाँ ढंगले नगए सकिन्छौँ’राजीनामाको आवाज उठेपछि ओलीको जवाफ( म बकाइदा चुनाव जितेर आएको हुँ, छोड्दिनँ ओलीले भने– कुरा खुलेर राख्नुस्, अनि बैठकमा दुईतिहाइ बढीले अध्यक्षबाट उनकै राजीनामा मागे शंकर पनि ओलीको विपक्षमा उभिए, भने( पार्टी पुनर्गठन गरेर जानुपर्छ एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, बादल मात्रै ओलीको पक्ष
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend