logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एनएमबी बैंकले गर्‍यो ४० जना तमु समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


  • जन आकाश
  • सोमबार, जेष्ठ ११ २०८३

काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तमुधिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ।



उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो। कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो।

सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ, तमु धिं नेपालका संस्थपक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबी बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित लगायतले संयुक्त रूपमा वितरण गरे।

कार्यक्रममा बोल्दै एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताए। एनएमबी बैंकले हाल देशभरी १९८ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend