logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौं महानगरको १५ दिने अल्टिमेटम : ग्यालेक्सी फोर के रहेको भवन खाली गर्न निर्देशन


  • जन आकाश
  • मंगलबार, जेष्ठ १२ २०८३

काठमाडौं । महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा।लि।लाई घर खाली गर्न सूचना जारी गरेको छ । महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न प्रालिलाई १५ दिने सूचना जारी गरेको हो ।



सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि)ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने सूचनामा उल्लेख छ ।

‘निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएकाले ग्यालेक्सी फोर केमा भएका सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकाले यो सूचना प्रकाशन गरिएको छ,’ अन्तिम पटकका लागि भन्दै जारी सूचनामा लेखिएको छ ।

२८ साउन २०८२ मा उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनेर महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो ।

अदालतको आदेशबमोजिम १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटिएर निर्णय कार्यान्वयन गरिएको सूचनामा उल्लेख छ । त्यसअघि मिश्रले भाडा असुल उपर गरी घर जग्गा खाली गराइदिन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु ९जीबी० राईको नाममा महानगरपालिको न्यायिक समितिमा मुद्दा हालेका थिए ।

समितिले १४ कात्तिक २०८१ मा माग दाबीबमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गासमेत खाली गराइदिने ठहर्ने निर्णय गरेको थियो ।

सहकारीको २१ अर्ब ठगलाई राज्यकै संरक्षण स् गोल्छादेखि पाण्डेसम्म समातिए, भेटिएनन् जीबी राई १ जीबी राईले सहकारी संस्थाका रकम अपचलन गरी गोरखा मिडिया प्रालिबाट सन्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका थिए । त्यसको खुलासा भएपछि उनी हाल फरार छन् । जीबीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति रवि लामिछानेले समेत सहकारी संस्थाको रकम अपचलनको मुद्दा खेपीरहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend