logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सरकारले ईयूका राजदूतलाई भन्यो- हवाई सुरक्षा सूचीबाट बाहिर निस्किन काम गरिरहेका छौं


  • जन आकाश
  • मंगलबार, जेष्ठ १२ २०८३

काठमाडौं । सरकारले नागरिक उड्डयन क्षेत्रलाई युरोपेली संघ (ईयू)को हवाई सुरक्षा सूचीबाट बाहिर ल्याई थप सुरक्षित र व्यावसायिक बनाउन काम गरिरहेको बताएको छ।



पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले सोमबार नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जो र नयाँ दिल्लीस्थित ईयूका सदस्य राष्ट्रका राजदूतसँग मन्त्रालयमा शिष्टाचार भेटका क्रममा हवाई क्षेत्रको सुधारका लागि काम गरिरहेको बताएका हुन्। पौडेलले के काम गरिरहेको भनेका हुन् भन्नेचाहिं मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा केही उल्लेख छैन।

ईयूले नेपाललाई हवाई सुरक्षा सूची राखेको १२ वर्ष भइसकेको छ। जसका कारण नेपाली वायुसेवा कम्पनीले ईयूका सदस्य मुलुकमा उडान गर्न पाएका छैनन्।

विज्ञप्ति अनुसार भेटवार्तामा राजदूतहरूले नेपालको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास एवम् प्रवर्धनका लागि सरकारले अगाडि सारेका एजेण्डाबारे चासो व्यक्त गर्दै ती क्षेत्रको विकासमा सहकार्य गर्न युरोपेली मुलुक तत्पर रहेको बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend