logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रधानमन्त्री बालेन्द्र शाहको इयू देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता


  • जन आकाश
  • मंगलबार, जेष्ठ १२ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ इयू मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्दैछन्।



तय भएको कार्यक्रम अनुसार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरू सामूहिक भेट र संवादका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।

प्रधानमन्त्री शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। कूटनीतिक सम्बन्ध विस्तार र आपसी सहकार्यका एजेन्डाहरूलाई अगाडि बढाउने उद्देश्यका साथ प्रधानमन्त्री कार्यालयले यो संवादको आयोजना गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend