logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रामेछापको मन्थलीमा १३ जनाले गरे रक्तदान


  • जन आकाश
  • बिहिबार, जेष्ठ १४ २०८३

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा गणतन्त्रको समुखमा पारेर रामेछाप जिल्ला समन्वय समिति रामेछापको आयोजना र रेडक्रस सोसाइटी रामेछापको सहकार्यामा मन्थलीको देककोटा चोकमा रहेको पिपलबोटमा खुल्ला रक्तदान कार्यक्रम भएको जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम थापाले जानकारी दिएका छन।



उनका अनुसार ” गणतन्त्रलाइ भव्य बनाउन रामेछाप जिल्ला समन्वय समितिले गणतन्त्र मुल समारोह समिति नै बनाएर जिल्ला भरिका माविस्तरमा र खुल्ला रुपमा खेल्कुद, बक्त्तित्वकला, हाजिरिजवाफ जस्ता महत्वपूर्ण कार्यक्रमहरु भइरहेका छन् । भोलि गणतन्त्र स्थापना भएको दिनलाइ भव्य बनाइ मन्थली देवकोटाचोकमा बेलुका ७ बजे रामेछाप जिल्ला का  सवै राजनीतिक पार्टी, सरकारि कार्यलयका प्रमुखहरू लगायत सर्वसाधारणलाइ गणतन्त्रको महत्व बुझाइ दिप प्रज्वलन गरि मनाउने तयारी गरेका छौ।”

रामेछाप जिल्ला समन्वय उपप्रमुखको भनाइ रहेको छ।

कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ लगायत जिल्लाका महत्त्वपूर्ण ब्यात्तित्वहरुले रक्तदान गरेका छन।

भोलि गणतन्त्र स्थापना भएको १९ वर्ष पुग्दैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend