logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आगामी निर्वाचनमा कम्तिमा १०० स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउँछौं– गगन थापा


  • जन आकाश
  • आइतबार, जेष्ठ १७ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तिमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउने बताएका छन्।शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताएका हुन्।



यो पटक कम्तिमा पनि ७५३ मध्ये हामीले १०० पालिकामा नेपाली काँग्रेसको पार्टीको तर्फबाट मेयर अथवा अध्यक्षको उम्मेद्वार महिला बनाउनेगरी काम गर्नुपर्नेछ, अहिलेदेखी काम गरौँ, अहिलेदेखी कोशिष गरौँ । यसको लागि हामी सबै लाग्नुपर्छ, उनले भने।

उनले उम्मेदवार छनोट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेको जानकारी दिए। साथै, नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ नामक छुट्टै संरचना स्थापना गरिएको र त्यसको लागी छिट्टै खुला आह्वान गरिने बताए।

स्थानीय तहको निर्वाचन लड्न चाहने नयाँ वा पुनः उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा लीडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्ने सभापति थापाले बताए।त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ। त्यसैले त्यहाँ महिला बनाउने हो भने हामीले अहिलेदेखि नै बढी भन्दा बढी महिला साथीहरुलाई त्यहाँभित्र कोर्समा हामीले भर्ना गराउनुपर्छ, उनले भने।

उनले नेपाल थारु संघलाई पनि सम्भावित उम्मेदवारको खोजी, प्रोत्साहन, प्रशिक्षण लगायतका काममा सहभागी हुन आग्रह गरे।योग्य व्यक्तिहरूलाई निर्वाचन ब्युरो र लिडरसिप एकेडेमीसँग जोडेर नेतृत्व विकासमा सहयोग गर्न सम्पूर्ण भ्रातृसंस्था लाग्नुपर्ने उनको भनाइ छ।

सभापति थापाले अधिवेशन नभएका भातृसंस्थाहरुको नेतृत्व छिट्टै चयन हुने बताए।नेपाल विद्यार्थीसंघ लगायत नेतृत्व खाली रहेका भ्रातृसंस्थाको एकदुई दिनभित्रै नेतृत्व चयन गरिने उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend