logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने


  • जन आकाश
  • आइतबार, जेष्ठ १७ २०८३

काठमाडौं । सरकारले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका छन्।



अर्थमन्त्री डा. वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत सो घोषणा गरेका हुन्।रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

मधेस प्रदेशको लाइफ लाइनको रूपमा रहेको हुलाकी सडक तथा रेल्वेको विकास, पूर्व पश्चिम राजमार्गको विकास तथा सडक स्तरोन्नति, पोषण कार्यक्रमलगायत मधेसको शिक्षा, स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा बजेट विनियोजन गर्ने बजेट व्यक्तव्यमा उल्लेख छ।

अर्थमन्त्री डा. वाग्लेको उक्त घोषणालाई प्रदेशमा सकारात्मकरूपमा लिइएको छ। उद्योग वाणिज्य सङ्घ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले वर्तमान सरकारको यो घोषणाले जनकपुरधाममा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने तथा यसबाट रोजगारीको वातावरण तयार हुने बताए।

साथै बजेटमार्फत सरकारले करको दरमा गरेको छुटको व्यवस्थाले उद्योगी तथा व्यावसायीलाई राहत मिलेको र यसबाट उद्योग तथा व्यावसायीलाई सहयोग पुग्ने उनले विचार व्यक्त गरे।यसैगरी पत्रकारहरुका लागि दिइँदै आएको कल्याणकारी कोषको बजेट विनियोजनको घोषणा सकारात्मक रहेको स्थानीय पत्रकार रञ्जन मिश्रले बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend