logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

केयूको उपकुलपति छनोट गर्न शिक्षा मन्त्रीको अध्यक्षतामा सर्च कमिटी गठन


  • जन आकाश
  • मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन भएको छ ।मंगलबार बसेको केयूको सभाले शिक्षामन्त्री सस्मित पोखरेको संयोजकत्वमा कमिटी गठन गरेको हो ।



एक सिनेट सदस्यका अनुसार सदस्यमा केयूका पूर्वउपकुलपति प्रा.डा.सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य सर्च कमिटीको सदस्य रहेका छन् । सर्च कमिटीले मापदण्ड बनाएर उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउने छ ।अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend