logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

वैदेशिक रोजगारी ठगीका ४० हजार बढी मुद्दा डिजिटल अभिलेखीकरण गरिँदै


  • जन आकाश
  • आइतबार, जेष्ठ २४ २०८३

काठमाडौं । वैदेशिक रोजगारी ठगी सम्बन्धी पुराना मुद्दाहरू डिजिटल अभिलेखमा राख्ने क्रम अघि बढेको छ । वैदेशिक रोजगार विभागले २०६४ सालदेखि ठगी सम्बन्धी ४० हजारभन्दा बढी मुद्दा विद्युतीय प्रणालीमार्फत अभिलेखीकरण गर्ने कार्य अघि बढाएको हो ।



२०६४ सालदेखि वैदेशिक रोजगार ठगी सम्बन्धी ४० हजारभन्दा बढी मुद्दा विभागमा थन्किएका थिए । वर्षौंसम्मका फाइलका चाङभित्र सीमित ती मुद्दाहरूलाई अब व्यवस्थित रूपमा खोज्ने, मिलाउने, क्रमबद्ध गर्ने तथा विद्युतीय प्रणालीमा अभिलेखीकरण गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म १० हजारभन्दा बढी मुद्दाहरू स्क्यान गरी विवरण तयार गरिएको छ । भने बाँकी मुद्दाहरूको डिजिटल अभिलेखीकरण तथा व्यवस्थापन कार्य जारी रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend