logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रधानमन्त्रीको अभिव्यक्ति सम्झेर कांग्रेस सांसद थपलियाले सुनाइन् संसदमै कविता


  • जन आकाश
  • बिहिबार, जेष्ठ २८ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया ९उर्मिला० ले आज प्रतिनिधि सभा बैठकमै कविता सुनाएकी छन्। प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछु भन्ने अभिव्यक्ति दिएको र त्यस अभिव्यक्तिमाथि परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा दिएको प्रष्टीकरणमा आफूहरूको सहमति रहेको उनको भनाइ थियो।



त्यसपछि उनले कविता सुनाएकी थिइन्।

यस्तो छ उनको कविता( देश बिर्सिएको दिन

तिमीले देश बनाउँछु भन्यौ

म ढुक्क थिएँ तर एकाएक तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै

आफ्नै आमाको अस्मितामाथि औँला उठायौ।

माटो छोएर कसम खायौ तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ

अनि आमाको महिमा गाइरह्यौ तर सन्तान हुनुको कर्तव्य भुल्यौ काख र कोखको माया बिर्सियौ,

त्यसैले आज म ढुक्क होइन मेरो मन देशको चिन्ताले ढुकढुक भैरहेको छ

स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला

तर नबिर्स तिमीमाथि असीम भरोसा बोकेर मतको भारी बिसाउने जनतालाई

नबिर्स जनता उभिएको माटोलाई

नबिर्स तिमीलाई आशिष दिने ति बा–आमालाई

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ

र जुन दिन देश बिर्सिन्छौ त्यो दिन तिमी कस्को शासक बन्नेछौ, भन त्यो दिन तिमी कस्को शासक बन्नेछौरु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend