logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

१६ हप्ते आइटी छात्रवृत्ति कार्यक्रम सम्पन्न, उत्कृष्ट दुई विद्यार्थीलाई अष्ट्रेलियन कम्पनीमा जागिर


  • जन आकाश
  • बिहिबार, जेष्ठ २८ २०८३

काठमाडौं । अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित १६ हप्ते आइटी छात्रवृत्ति कार्यक्रमका विजेता घोषणा गरिएको छ।नुवाकोटकी सोफिया तामाङ च्याम्पियनु र सर्लाहीकी प्राथना मिश्र फस्ट रनरअपु घोषित भएका छन्।



दुवैले अष्ट्रेलियन आइटी कम्पनी एक्टिभ आइटीमा रोजगारी प्राप्त गरेका छन्।काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहीबार आयोजित कार्यक्रममा सिस्टम नेटवर्क सपोर्ट जब रेडी प्रोग्रामु अन्तर्गत उत्कृष्ट विद्यार्थीहरूको घोषणा गरिएको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूले हासिल गरेका प्राविधिक सीपको प्रत्यक्ष प्रस्तुति दिएका थिए।आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन देशभरबाट २ हजारभन्दा बढी आइटी विद्यार्थीले आवेदन दिएका थिए।

चार चरणको छनोट प्रक्रियापछि ८ जना विद्यार्थी अन्तिम सूचीमा परेका थिए। व्यक्तिगत कारणले २ जनाले कार्यक्रम छाडेपछि ६ जना विद्यार्थीले अन्तिम चरणको ुजब रेडीुकार्यक्रम पूरा गरेका हुन्।छात्रवृत्तिअन्तर्गत सामान्यतया ३ हजार ३ सय अष्ट्रेलियन डलर शुल्क लाग्ने चार महिने कोर्स निःशुल्क प्रदान गरिएको थियो।प्रशिक्षण काठमाडौंको धुम्बराहीस्थित केन्द्रमा सञ्चालन गरिएको थियो।

अन्तिम चरणमा विवेक अधिकारी, पुष्पा सुक्ला, प्राथना मिश्र, सोफिया तामाङ, सिसम श्रेष्ठ तथा सुरेश शाही सहभागी थिए।कार्यक्रममा बोल्दै टेकस्किल्स इन्स्टिच्युटका संस्थापक विराज बडेलले नेपालमै यस्ता सीपमूलक आइटी कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए।

नेपाललाई आइटी हब बनाउने सरकारी लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।यी सबै विद्यार्थीहरूलाई रोजगारीका लागि आवश्यक सीप र क्षमता प्रदान गरिएको छ। उनीहरू अहिले रोजगार बजारमा प्रतिस्पर्धा गर्न तयार छन्,उनले भने।

नेपालट्युब अष्ट्रेलियाका सम्पादक सरल गुरुङले विदेशमा रहेका नेपालीहरूले विभिन्न क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै आफ्नो क्षमता र स्रोतअनुसार देशका लागि योगदान गर्नुपर्ने बताए।

यो छात्रवृत्ति हामीसँग धेरै पैसा भएर दिएका होइनौं। जिम्मेवार नागरिकका रूपमा देशका लागि केही गर्न सकिन्छ कि भन्ने सोचले यो पहल गरेका हौं, उनले भने।आयोजकका अनुसार यसअघि पनि यस्तै कार्यक्रममार्फत अष्ट्रेलियामा ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend