जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेको छ ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।सुधन गुरुङको सम्पति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो ।
त्यसमाथि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो । समितिले प्रतिवेदन बुझाएको एक साता भयो । तर सार्वजनिक भएको छैन ।समितिको प्रतिवेदन आएपछि पुनस् सुधन गुरुङ गृहमन्त्री भएका छन् । तर, उनीमाथिको छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend