logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लोकसेवा आयोगको प्रभातफेरी


  • जन आकाश
  • आइतबार, जेष्ठ ३१ २०८३

काठमाडौँ, ३१ जेठ : लोक सेवा आयोगकाे ७६औँ वार्षिकोत्सवको अवसरमा काठमाडाैँमा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागीहरू । तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौं । लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ । कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन गरिएको थियो।



प्रभातफेरीको समापनमा आयोगका अध्यक्ष माधव रेग्मीले एक पटकका लागि शैक्षिक योग्यतामा सुविधा दिने, पुरानालाई अवसर दिने र आन्तरिक प्रतिस्पर्धा गर्ने भन्ने विषयलाई आयोगले स्वीकार नगर्ने बताए।

‘त्यो भनेको प्रतिस्पर्धात्मक सिद्धान्तका विपरीतका विषयहरू हुन्, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता लोक सेवा आयोगको मूल मर्म हो,’ उनले भने, ‘लोक सेवा आयोगको प्रतिबद्धता, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चिततालाई आयोगले मूल मन्त्र मानेको छ।’

आयोगले नेपालको संविधानअनुसार निजामतीका साथै सरकारी र सुरक्षा निकाय र सङ्गठित संस्थाहरूको पनि पदपूर्तिको जिम्मेवारी बहन गर्दै आइरहेको अध्यक्ष रेग्मीले बताए।

‘सबैभन्दा सम्मानित र सबैको विश्वास आर्जन गरेको संस्था भएको हुनाले यसलाई निजामती मात्रै होइन, अब सङ्गठित संस्था र सुरक्षा निकायको पनि जिम्मेवारी दिनुपर्छ भनेर नेपालको संविधानले सङ्गठित संस्था र सुरक्षा निकायको समेत चाहिँ जिम्मेवारी आयोगलाई दिएको छ,’ उनले भने। प्रभातफेरीमा आयोगका सदस्य र कर्मचारीहरूको सहभागिता थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend