logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सरकारलाई सुकुमबासीको चेतावनी- एक साताभित्र उचित व्यवस्थापन नभए पहिलेकै ठाउँमा फर्किन्छौँ


  • जन आकाश
  • सोमबार, असार १ २०८३

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट उठीबास लगाइएका सुकुमबासीले भोकै बस्नुपरेको भन्दै आक्रोश पोख्न थालेका छन् । आफूहरूको उचित व्यवस्थापन नभएको भन्दै उनीहरूले सरकारलाई एक साताको अल्टिमेटमसहित ज्ञापनपत्रसमेत बुझाएका छन् ।



थापाथली, गैरीगाउँ, शान्तिनगर र जडिबुटीलगायतका क्षेत्रबाट हटाइएका उनीहरूलाई हाल कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टर मा राखिएको छ । तर, होल्डिङ सेन्टरको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको पीडितहरूको गुनासो छ ।

पीडितहरूले होल्डिङ सेन्टरमा आधारभूत सुविधा समेत नभएको गुनासो गरेका छन् । उनीहरू थाल ठटाउँदै आन्दोलनमा उत्रिएका छन् ।
एक महिला भन्छिन् पाल्न नसक्ने सरकारले किन डोजर लगाएर हामीलाई बिल्लीबाठ बनायो । १० बजिसक्यो अहिलेसम्म खान पाएको छैन । बच्चाहरू स्कुल जाने बेला भयो । थाल बोकेर भात खोज्छन् हामीले कहाँबाट ल्याएर दिने

अर्की महिला भन्छिन् यो सरकारले हामी गरिबको पेटमा लात हान्यो ।आफूहरू पुनस् पहिले बसेको ठाउँमै फर्किने उनीहरूको भनाइ छ ।
सुकुमबासीले ज्ञापन पत्रमा भनेका छन्‘हामीलाई थुनुवालाई जस्तै राखिएको छ ।

सेन्टरमा रहेका बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घरोगीले उचित स्याहार नपाएको गोपनीयताको अभावमा मानसिक तनावमा रहेको उनीहरूको गुनासो छ ।

पीडितहरूले आवासमात्र नभई संविधान प्रदत्त ‘भू.स्वामित्व सहितको अधिकार’ मागेका छन् । उनीहरूको मुख्य माग यस्ता छन्(

१.वैकल्पिक व्यवस्था बिना गरिएको उठिबासलाई गैरकानुनी मान्दै तत्काल रोकिनुपर्ने ।

२.स्थायी भू.स्वामित्व लालपुर्जा सुनिश्चित गरिनुपर्ने ।

३. उठीबासका क्रममा नष्ट भएका घरटहरा र धनमालको उचित क्षतिपूर्ति दिनुपर्ने ।

४.सुकुम्वासीलाई अतिक्रमणकारी वा माफियाजस्ता अपमानजनक शब्द प्रयोग गर्न बन्द गरिनुपर्ने ।

५.होल्डिङ सेन्टरमा रहेकाहरूको स्वास्थ्य, शिक्षा र सुरक्षाको तत्काल ग्यारेन्टी गरिनुपर्ने ।

एक साताभित्र सरकारले ठोस निर्णय र पुनस्स्थापनाको प्रक्रिया अघि नबढाए आफूहरू पुनः पुरानै बासस्थानमा फर्कन बाध्य हुने चेतावनी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend