logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्की पनि आकांक्षी


  • जन आकाश
  • बुधबार, असार ३ २०८३

काठमाडौं – युवा पर्यटन व्यवसायी एंव समाजसेवी सुदामा कार्की क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका आकांक्षी कार्कीले पार्टी संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउन आफूले योगदान दिन उम्मेदवार बन्न लागेको बताएका छन् । कार्की रास्वपा काठमाडौं महानगर अधिबेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका थिए ।



लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय कार्की सफल पर्यटन व्यवसायीका रूपमा परिचित छन् । पर्यटन क्षेत्रको व्यावहारिक अनुभव, व्यवस्थापकीय क्षमता तथा निजी क्षेत्रसँगको सहकार्यलाई राजनीतिक नेतृत्वमार्फत राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यले उनले रास्वपाको केन्द्रीय सदस्य पदमा आकांक्षा व्यक्त गरेका हुन् ।

कार्की हाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालका फस्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रूपमा समेत सक्रिय छन् । सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ ।

असहाय बालबालीकाहरुको बासस्थान तथा शिक्षामा योगदान गर्दै आएका कार्कीले उनीहरुको हक र हितको लागी आवाज उठाउँदै आएका छन् । कार्कीले लामो समय विश्वभाषा क्याम्पसमा जर्मन भाषाको अध्यापन पनि गरेका छन्।

के छन् त कार्कीका योजनाहरु
उनले देशमा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा, व्यवसायी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई राजनीतिमा सहभागी गराएर सकारात्मक परिवर्तन सम्भव रहेको उनको भनाइ छ ।

कार्कीले पार्टीभित्र अनुभव, क्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई आधार बनाएर नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै रास्वपाको संगठन विस्तार तथा जनविश्वास अभिवृद्धिमा आफू निरन्तर लागि पर्ने बताएका छन् । उनले विश्वका पचासौं देशका भ्रमण गरिसकेका छन् ।

गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि रास्वपाका उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण भुमिका खेलेका थिए । पर्यटन, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै कार्कीले रास्वपाको केन्द्रीय तहमा जिम्मेवारी पाउने विश्वास व्यक्त गरेका छन् ।

उनका समर्थकहरूले पनि पार्टीलाई बलियो बनाउन सक्षम, अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा कार्की जस्तै इमानदार केन्द्रीय सदस्यमा चयन गर्नुपर्ने धारणा राखेका छन् । रास्वपाका कार्यकर्ता विवेकी भएको हुनाले असल, इमानदार सफल आधार भएका नेतृत्व छान्न सक्छन त्यसैले कार्की जस्ता इमानदार केन्द्रीय सदस्य हुन सक्ने अनुुमान लगाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend