logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयमा अर्जुननरसिंह केसीले संसदमा उठाए प्रश्न


  • जन आकाश
  • बुधबार, असार ३ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कीर्तिपुरको होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले ठाउँ ठाउँमा सुकुम्बासीहरू भोकभोकै बस्नुपरेको र बालबालिकहरू विद्यालय जान नपाएको विषयले सरकारको साहसिक कदम दुस्साहसीक रूपमा परिणत भएको बताएका हुन्।



कीर्तिपुरको होल्डिङ सेन्टरमा अस्तीमात्रै भएको घटना त्यो अत्यन्त दुःखद मात्रै होइन। यी घटनाक्रमले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ उनले भने। उनले इन्द्रबहादुर राई बागमतीमा हामफालेर, १७ वर्षीय रविन तामाङ झुन्डिएर,शान्तिनगरमा रवि तामाङकी श्रीमती डोजर आतंकले गरेर हर्टफेल भएर बितेको र कीर्तिपुरमा भोजराज दर्जीको मृत्यु भएको घटनाले पनि सरकारको कदमप्रति प्रश्न उठेको बताएका हुन्।

यसरी व्यापक रूपमा आतंकित अवस्था सिर्जना गरिएको छ। एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स र नेपालका मानवअधिकारवादीहरुले पनि गम्भीर रूपमा प्रश्न उठाएका छन्। यसतर्फ सरकारले गम्भीर हुन जरूरी छ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend