जन आकाश
काठमाडौँ । युद्ध अन्त्य गर्ने अमेरिका–इरान प्रारम्भिक सम्झौतापछि पनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने प्रक्षेपण गरिएको छ ।
बन्दरगाहमा देखिएको अवरोधका साथै उत्पादनकर्ताहरूले उत्पादन बढाउन पनि समय लाग्ने भएकाले मूल्य सामान्य हुन समय लाग्ने भएको हो । साथसाथै गर्मी मौसममा हुने उच्च मागका कारण पनि विश्व बजारमा इन्धन मूल्य केही समय उच्च नै रहने अनुमान गरिएको विज्ञहरूको भनाइ छ ।
हाल युद्धका कारण तेल उत्पादन घटेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार दैनिक १.४ करोड ब्यारेल अर्थात् विश्व मागको करिब १४ प्रतिशत उत्पादन बन्द भएको छ । पोस्ट ओक ग्रुप इन्भेस्टमेन्ट बैंक मेनेजिङ डाइरेक्टर जो डिलका अनुसार उत्पादन पुनः सुरु हुन समय लाग्नेछ ।
‘मेरो अनुमान अनुसार गर्मीभरि माग उच्च रहनेछ र पेट्रोल मूल्य युद्धअघि जस्तो हुन सेप्टेम्बर वा अक्टोबरसम्म लाग्न सक्छ,’ उनले भने । राइस विश्वविद्यालयका राजनीति विज्ञान प्राध्यापक मार्क जोन्सका अनुसार धेरै उत्पादकहरू युद्ध विराम स्थिर नभएसम्म पूर्ण उत्पादन सुरु गर्न हिचकिचाउन सक्छन् ।
‘धेरै उत्पादकहरू उत्पादन पुनः सुरु गर्दा ठुलो लागत लाग्ने र फेरि द्वन्द्व सुरु भएमा पुनः बन्द गर्नुपर्ने जोखिम हुने भएकाले, युद्ध विराम स्थिर नभएसम्म पर्खिन सक्छन्,’ उनले भने ।
उत्पादन पुनः सुरु हुने गति युद्धका क्रममा भएको क्षतिमा पनि निर्भर हुन्छ । बन्द गरिएका केही रिफाइनरी ४०–६० दिनभित्र ९५ प्रतिशत क्षमतामा फर्कन सक्छन् भने क्षति भएका संरचनाको पुनर्निर्माण गर्न धेरै लामो समय लाग्न सक्छ, भिटोल बहरेनका अनुसन्धान प्रमुख बदर नुरुद्दिन बताउँछन् ।
तर सबैभन्दा ठुलो बाधा बन्दरगाहमा हुने अवरोध हुन सक्ने डिलको भनाइ छ । ‘ढुवानी क्षमतामा ढिलाइ छ । शिपिङ क्षमता नै सबैभन्दा ठुलो अवरोध हो,’ उनले भने ।
हाल ५०० भन्दा बढी जहाजहरू मार्गको प्रतीक्षामा रहेको केपलरको तथ्याङ्कले देखाउँछ । जहाजहरू विभिन्न गन्तव्यमा पुग्न, डक गर्न र सामान अनलोड गर्न हप्ता लाग्नेछ ।
यसले खाली जहाजहरू पुनः लोडिङका लागि बन्दरगाहमा प्रतीक्षामा रहनुपर्ने अवस्था पनि सिर्जना गर्छ । नर्वेको वलिनियस विल्हेल्मसेन र डेनमार्कको मर्क्सले आफ्नो मध्यपूर्व सञ्चालनमा परिवर्तन नगरेको बताएका छन् । युद्धका स्ट्र दैनिक १० जहाज मात्र गुज्रिएका थिए, जबकि सामान्य अवस्थामा १३५ जहाज पार गर्छन् । जोन्सका अनुसार तेल ट्याङ्करहरू गन्तव्यमा पुग्न र फर्किन महिनौँ लाग्छ, त्यसैले युद्धअघिको अवस्था फर्किन शरद ऋतुसम्म पर्खनुपर्ने हुन सक्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend