logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रास्वपाको महाधिवेशनमा आकांक्षीको लर्को, व्यवस्थापनमा थपिदो चुनौती


  • जन आकाश
  • बिहिबार, असार ४ २०८३

विनोद नेपाली ।
प्रतिनिधिसभामा झन्डै दुई (तिहाइ) बहुमत ल्याएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आसन्न पहिलो महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारीका बन्नका लागी आकांक्षीको लर्को लाग्न थालेको छ । रास्वपाको प्रस्तावित विधानमा १६ सदस्यीय पदाधिकारीको संरचना छ । सभापतिसहित १० जना दुई चरणमा हुने महाधिवेशनको हलबाट निर्वाचित हुनेछन् । ६ जना पदाधिकारी पार्टी सभापतिले मनोनीत गर्नेछन् । प्रस्तावित विधानमा तीन जना उपसभापति रहने व्यवस्था छ । तीन जना उपसभापतिमध्ये एक जना महिला अनिवार्य रहने प्रबन्ध गरिएको छ ।



एक महिला पदमा अहिले झन्डै सात जनाको नाम चर्चामा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयन, नयाँ पुस्ताको उदय र आगामी राजनीतिक दिशाबारे चासो बढ्दो रहेको छ । विशेषगरी महाधिवेशनबाट चयन हुने केन्द्रीय नेतृत्वलाई लिएर कार्यकर्ता र समर्थकहरूबीच ठूलो उत्सुकता देखिएको छ । सभापति, उपसभापति, महामन्त्री लगायतका पदमा को को आउने भन्ने विषय अहिले सामाजिक सञ्जालमा बहस चलेको छ । कतिपयले प्रचार समेत थालिसकेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार सत्ता सञ्चालनको अनुभव प्राप्त गरिसकेको रास्वपाका लागि यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको भविष्यको मार्ग पनि हो । पार्टीभित्र नयाँ र पुराना अनुहारबीचको प्रतिस्पर्धाले नेतृत्व चयनलाई थप रोचक बनाउने देखिएको छ । महाधिवेशनमा देशभरबाट हजारौं प्रतिनिधिको सहभागिता रहने यस महाधिवेशनमा पार्टीको संगठनात्मक शक्ति रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रूपमा स्थापित हुन खोजिरहेको पार्टीको आगामी यात्राको आधारशिला हो । महाधिवेशनबाट आउने नयाँ नेतृत्व, नयाँ सोच र नयाँ रणनीति तयार गर्दै छ । रास्वपाले महिला उपसभापतिका लागि मौजुदा समितिकी कोषाध्यक्ष लिमा अधिकारी, (सहकोषाध्यक्ष) वसुमाया तामाङ, (सहप्रवक्ता) प्रतिभा रावल, सचिवालय सदस्यद्वय सोबिता गौतम, सरिताश्री ज्ञवाली, केन्द्रीय सदस्यद्वय इन्दिरा राना, समीक्षा बास्कोटाको नाम चर्चामा छ ।

दुई खुलामा उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम पक्कापक्की छ । डोलप्रसाद अर्याल सभामुख भएकाले रिक्त रहेको पदमा सुनील लम्साल, विराजभक्त श्रेष्ठ, गणेश कार्की लगायतले दाबी गर्न सक्ने सम्भावना छ । अहिले लम्साल र कार्की बालेन समूहका भनेर चिनिएका छन् । लम्साल पूर्वाधार विकास मन्त्री छन् भने कार्की संसदीय समितिका सभापति छन पार्टी संस्थापकमध्येका श्रेष्ठ ऊर्जामन्त्री छन् । उनी मौजुदा केन्द्रीय समितिमा सचिवालय सदस्यको भूमिकामा छन् ।
दुई सदस्यीय महामन्त्रीमा पनि आकांक्षा राख्नेको सूची लामै छ । संस्थापकबाट कविन्द्र बुर्लाकोटी र बालेन समूहबाट भूपदेव शाह अहिले महामन्त्रीको भूमिकामा छन् । विपिन आचार्य, दीपक बोहरा, मनिष झा, प्रमोद न्यौपानेले पनि आकांक्षा राखेको देखिन्छ उपसभापति बन्ने सम्भावना क्षीण भए सोबिता गौतमले पनि महामन्त्री दाबी गर्ने सम्भावना रहेको देखिन्छ ।

बिपिन आचार्यले पार्टीको नीति निर्माणमा भूमिका खेल्दै आएका छन् । विभिन्न दस्तावेज तयार पार्नमा उनको योगदान देखिन्छ । संघीय र स्थानीय तह निर्वाचनमा उम्मेदवारका लागि रूपरेखा निर्माण, विधान मस्यौदा र प्रारम्भिक निर्वाचन खाका तयार पार्न उनले भूमिका खेलेका छन् । दीपक बोहरा पार्टीभित्र रविका विश्वासपात्र मानिन्छन् । पार्टी सभापति लामिछानेलाई सहकारीको बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको कसुरमा प्रहरी हिरासत र र्पुपक्षका लागि जेलमा राखिँदा त्यसलाई राजनीतिक प्रतिशोधको घटना भन्दै देशव्यापी हस्ताक्षर संकलन गर्ने अभियानको नेतृत्व बोहराले गरेका थिए । मनिष झा हाल प्रवक्ताको भूमिकामा छन् । पछिल्लो समय उनलाई संसदीय समितिको सभापति प्रस्ताव गरिएको थियो । उनले उक्त भूमिका अस्वीकार गरेका थिए । महामन्त्रीकै आकांक्षीका रूपमा रहेका प्रमोद न्यौपाने सांसद बन्ने अवस्था हुँदाहुँदै अन्तिममा नाम काटिएको भन्दै पार्टीभित्र असन्तुष्टि उत्पन्न भएको थियो । पार्टी सभापति लामिछाने सहकारी प्रकरणमा जेलमा रहँदा बचाउ र प्रतिरक्षामा अग्रभागमा खटिनेमा प्रमोद न्यौपाने थिए ।

चार सदस्यीय सहमहामन्त्रीमा पनि आकांक्षा राख्नेको सूची लामै छ । मौजुदा समितिमा विपिन आचार्य मात्रै सह महामन्त्रीको भूमिकामा छन् । चुनाव नहुने परिस्थिति आयो भने महामन्त्री दाबी गर्नेहरू सहमहामन्त्रीमा समेटिन सक्ने सम्भावना रहन्छ । चार सदस्यीय सहमहामन्त्रीमा एक जना महिला अनिवार्य रहने प्रबन्ध छ । त्यसमा क्रान्तिशिखा धिताल, टीका संग्रौला (ज्वाला), कुसुम महर्जन लगायतको नाम चर्चामा छ । खुलातर्फ शिशिर खनाल, रमेश प्रसाईं, असिम शाह, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार, सागर ढकाल लगायतको नाम चर्चामा रहेको देखिन्छ ।

पार्टीमा केन्द्रीय सदस्यको जिम्मेवारी र हाल संसदीय भूमिकामा समेत रहेका डा.तोसिमा कार्की, निशा डाँगी पनि पदाधिकारीको आकांक्षीका रूपमा छन्। उनीहरूले कुन पद दाबी गर्छन् खुलेको छैन तर उनीहरुले पनि कुुनै भाईट्रल पोष्ट वा केन्दिय सदस्यमा आउन सक्ने अनुमान गरिएको छ । रास्वपाको प्रस्तावित विधान अनुसार पहिलो चरणमा सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यसपछि निर्वाचित केन्द्रीय सदस्यबाट बाँकी पदाधिकारी छानिने छन् ।

दुवै चरणमा महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्नेछन् । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुुसार पहिलो महाधिवेशनअन्तर्गत रास्वपाले वडा तहदेखि नै अधिवेशन गर्दै आएको छ । हालसम्म ४ हजार ३६३ वडामा अधिवेशन सकिएकीएको छ ६०९ हाराहारी पालिका तहका समितिको अधिवेशन भइसकेका छन् भने ६४ वटा जिल्ला समितिको अधिवेशन सकिएको छ । मधेश प्रदेश वाहेक सवै प्रदेशमा अधिवेशन सम्पन्न भईसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend